यातायात ब्यवस्था कार्यालय, भेरी अञ्‍चल, नेपालगञ्‍जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसमेत १९ जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।२६ गते ।
----------------------------------------------------

यातायात ब्यवस्था कार्यालय, भेरी अञ्‍चल, नेपालगञ्‍जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा  देहायका ब्यक्तिहरुले देहाय बमोजिम कसुर गरेकोले निजहरुलाई देहाय बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

(क) तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीले यातायात व्यवस्था कार्यालय, भेरी अञ्‍चल, नेपालगञ्‍जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको, परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुँदा निज पबन सुबेदीले परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजउपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ख) तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेलले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्‍जबाट दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको लागि लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशनसम्मको कार्यको जिम्मा पाएकोमा लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुँदा परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुउपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ग) तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटाले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी निजहरुले स्वीकार गरेकाले निजहरुले अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुदाँ निजहरुबाट परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु उपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24