जिल्ला महोत्तरी, साविक सिंग्याही गा.वि.स. का तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक श्री नारायण यादव उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७७।१२।२६ गते ।
----------------------------------------------------
जिल्ला महोत्तरी, साविक सिंग्याही गा.वि.स. का तत्कालीन सचिव विनोद कुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई गराई सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक श्री नारायण यादवको संलग्नतामा सामजिक सुरक्षा भत्ता वितरण गर्दा बदनियतपूर्वक ढंगले सरकारी रकम रु. १२,४४,०००।- हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरु विनोद कुमार सिंह र श्री नारायण यादवलाई बिगो रु. १२,४४,०००।– (बाह्र लाख चवालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन निजहरुले हिनामिना गरेको उक्त रकम मध्ये रु. ६,१५,०००।– (छ लाख पन्ध्र हजार रुपैयाँ) बैंक दाखिला भइसकेको देखिएकोले उक्त रकम कटाइ बाँकी हुन आउने बिगो रकम रु. ६,२९,०००।– (छ लाख उनान्तीस हजार रुपैयाँ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजहरुबाट असुल उपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download