पर्यटन विकास आयोजना, वाग्मती, हेटौंडा, मकवानपुरका लेखा अधिकृत देवी प्रसाद गौतम र सव-इन्जिनियर नेत्र प्रसाद लामिछाने उपर बिगो रु. ५०,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।२५ गते ।
----------------------------------------------------

पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव-इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज सव-इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना, वाग्मती प्रदेश हेटौंडा, मकवानपुरका लेखा अधिकृत देवी प्रसाद गौतम र सोही कार्यालयका सव-इन्जिनियर (करार सेवाका) नेत्र प्रसाद लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत रु. ५०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको र निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजहरु देवी प्रसाद गौतम र नेत्र प्रसाद लामिछानेलाई बिगो रु. ५०,०००।– (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसारको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24