औषधी व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरका फार्मेसी अधिकृत (सातौं) सरोज सुवेदी उपर बिगो रु. २,००,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।०८ गते ।
----------------------------------------------------
 
 जिल्ला मोरङ, औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज फार्मेसी अधिकृत सरोज सुवेदीलाई सेवाग्राहीबाट रु. २,००,०००।– (दुई लाख रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको सिलसिलामा औषधी व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरका फार्मेसी अधिकृत (सातौं) सरोज सुवेदीले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधिक व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरमा पठाएको इलाजसम्बन्धी मुद्दा सम्बन्धमा माग भएको राय पठाई दिने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली दिई मुद्दा मिलाई दिने भनी रु. २,००,०००।– घुस/रिसवत माग गरी लिएको प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज सरोज सुवेदीलाई बिगो रु. २,००,०००।– (दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 
 
 
 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29