नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर नोलाइटमा कार्यरत सुपरभाइजर जगत नारायण साहसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२१ गते ।
----------------------------------------------------
 
नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतोले नयाँ  मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरुलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर नोलाइटमा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, हेल्पर मनोहर कुमार महतो र इलेक्ट्रिसियन नवल किशोर राउत (ज्यालादारी) को सहमति, संलग्नता एवं मिलेमतोमा नवल किशोर राउतमार्फत सेवाग्राहीको नाममा दर्ता रहेको पोल्ट्री फर्ममा विद्युत मिटर जडान गराई दिएवापत रु. ५,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निज आरोपितहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु जगत नारायण साह, येम कुमार महतो, मनोहर कुमार महतो र नवल किशोर राउतउपर बिगो रु. ५,०००।– (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24