नापी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुण कुमार यादवउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१६ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.-४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम  माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत सर्वेक्षक हरिचन्दर ठाकुरले सेवाग्राहीको जग्गा कित्ताकाट प्रयोजनको लागि रु. १५,०००।– घुस रिसवत माग गरी सो रकम लेखनदास अरुण कुमार यादवमार्फत मञ्जुर गरेको पुष्टि हुन आएकोले निज सर्वेक्षक हरिचन्दर ठाकुरको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको हुँदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, लेखनदास अरुण कुमार यादवले पटक-पटक नापी सर्वेक्षक हरिचन्दर ठाकुरसँग कुरा गरी सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामको लागि के कति अतिरिक्त रकम चाहिन्छ भनी मोलाहिजा गरी सर्वेक्षक हरिचन्दर ठाकुरलाई मनाई घुस/रिसवत रु. १५,०००।– आफूले लिएको हुँदा निज लेखनदास अरुण कुमार यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अनुसारको कसुर भएको हुँदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24