वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा अधिकृतस्तर सातौंमा कार्यरत अर्जुन सुवेदीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१६ गते ।
----------------------------------------------------

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका ना.सु. नरेन्द्र चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाण पत्र लिनको लागि लेखापढीको  काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरु समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापढीको काम गर्ने रामबाबु दाहालले रु. ८,०००/- (आठ हजार) लिई ना.सु. नरेन्द्र चन्दलाई दिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा अधिकृतस्तर सातौंमा कार्यरत अर्जुन सुवेदी, ना.सु. पदमा कार्यरत नरेन्द्र बहादुर चन्द र सोही विभागमा लेखापढी व्यवसाय गर्ने लेखापढी व्यवसायी रामबाबु दाहालले सेवाग्राहीको वाणिज्य व्यवसाय दर्ता/प्राइभेट फर्म दर्ताको प्रमाणपत्र दिलाई दिएवापत रु. ८,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निज अर्जुन सुवेदीले सेवाग्राहीको काम गरिदिएवापत रिसवत लिन मञ्जुर गरेको र नरेन्द्र बहादुर चन्दले उक्त रिसवत रकम बुझेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको तथा रामबाबु दाहालले सेवाग्राहीको काम सम्पन्न गर्नको लागि मोलाहिजा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको पुष्टि भएकोले निजहरु अर्जुन सुवेदी, नरेन्द्र बहादुर चन्द र रामबाबु दाहालउपर बिगो रु. ८,०००।– (आठ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24