वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा अधिकृतस्तर सातौंमा कार्यरत अर्जुन सुवेदीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१६ गते ।
----------------------------------------------------

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका ना.सु. नरेन्द्र चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाण पत्र लिनको लागि लेखापढीको  काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरु समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापढीको काम गर्ने रामबाबु दाहालले रु. ८,०००/- (आठ हजार) लिई ना.सु. नरेन्द्र चन्दलाई दिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा अधिकृतस्तर सातौंमा कार्यरत अर्जुन सुवेदी, ना.सु. पदमा कार्यरत नरेन्द्र बहादुर चन्द र सोही विभागमा लेखापढी व्यवसाय गर्ने लेखापढी व्यवसायी रामबाबु दाहालले सेवाग्राहीको वाणिज्य व्यवसाय दर्ता/प्राइभेट फर्म दर्ताको प्रमाणपत्र दिलाई दिएवापत रु. ८,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निज अर्जुन सुवेदीले सेवाग्राहीको काम गरिदिएवापत रिसवत लिन मञ्जुर गरेको र नरेन्द्र बहादुर चन्दले उक्त रिसवत रकम बुझेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको तथा रामबाबु दाहालले सेवाग्राहीको काम सम्पन्न गर्नको लागि मोलाहिजा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको पुष्टि भएकोले निजहरु अर्जुन सुवेदी, नरेन्द्र बहादुर चन्द र रामबाबु दाहालउपर बिगो रु. ८,०००।– (आठ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26