राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईसमेत ३ जना उपर बिगो रु. ५२,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०५ गते ।
----------------------------------------------------

राष्ट्रिय कितावखाना (शिक्षक), ताहाचलका हलुका सवारी चालक सुरेश प्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपानेले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन संचालक सुदर्शन न्यौपानेलाई सेवाग्राहीसँग रु. ५२,०००।– घुस/रिसवत रकम माग गर्न लगाई सुदर्शन न्यौपानेले भने अनुरुप हलुका सवारी चालक सुरेश प्रसाद नेपालले उक्त घुस रकम लिएको तथ्य पुष्टि हुन आएको हुँदा निज धनेश्वर प्रसाईले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु ५२,०००।- (बाउन्न हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

क्यान्टिन संचालक सुदर्शन न्यौपानेले शाखा अधिकृत धनेश्वर प्रसाईले लिन लगाएबमोजिम धनेश्वर प्रसाई र आफ्नो लागि घुस/रिसवत लिन मञ्जुर गरी सेवाग्राहीबाट सोही कार्यालयका हलुका सवारी चालक सुरेश प्रसाद नेपालमार्फत घुस रकम लिएको पुष्टि हुन आएको हुँदा निज सुदर्शन न्यौपानेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अनुसारको कसुर भएकोले निजलाई बिगो रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, हलुका सवारी चालक सुरेश प्रसाद नेपालले शाखा अधिकृत धनेश्वर प्रसाई र क्यान्टिन संचालक सुदर्शन न्यौपाने बीचको सहमति पश्चात निजहरुले माग गरेको रु. ५२,०००।–क्यान्टिन संचालक सुदर्शन न्यौपानेले भने अनुसार सेवाग्राहीसँग लिएको पुष्टि हुन आएको हुँदा निज सुरेश प्रसाद नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24