राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईसमेत ३ जना उपर बिगो रु. ५२,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०५ गते ।
----------------------------------------------------

राष्ट्रिय कितावखाना (शिक्षक), ताहाचलका हलुका सवारी चालक सुरेश प्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपानेले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन संचालक सुदर्शन न्यौपानेलाई सेवाग्राहीसँग रु. ५२,०००।– घुस/रिसवत रकम माग गर्न लगाई सुदर्शन न्यौपानेले भने अनुरुप हलुका सवारी चालक सुरेश प्रसाद नेपालले उक्त घुस रकम लिएको तथ्य पुष्टि हुन आएको हुँदा निज धनेश्वर प्रसाईले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु ५२,०००।- (बाउन्न हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

क्यान्टिन संचालक सुदर्शन न्यौपानेले शाखा अधिकृत धनेश्वर प्रसाईले लिन लगाएबमोजिम धनेश्वर प्रसाई र आफ्नो लागि घुस/रिसवत लिन मञ्जुर गरी सेवाग्राहीबाट सोही कार्यालयका हलुका सवारी चालक सुरेश प्रसाद नेपालमार्फत घुस रकम लिएको पुष्टि हुन आएको हुँदा निज सुदर्शन न्यौपानेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अनुसारको कसुर भएकोले निजलाई बिगो रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, हलुका सवारी चालक सुरेश प्रसाद नेपालले शाखा अधिकृत धनेश्वर प्रसाई र क्यान्टिन संचालक सुदर्शन न्यौपाने बीचको सहमति पश्चात निजहरुले माग गरेको रु. ५२,०००।–क्यान्टिन संचालक सुदर्शन न्यौपानेले भने अनुसार सेवाग्राहीसँग लिएको पुष्टि हुन आएको हुँदा निज सुरेश प्रसाद नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26