मालपोत कार्यालय हरिवन, सर्लाहीका ना.सु. बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२० गते ।
----------------------------------------------------

मालपोत कार्यालय हरिवन, सर्लाहीका ना.सु. बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.-२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु.११,०००/- (एघार हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको साथै नायब सुब्बा बेदनिधी बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय हरिवन सर्लाहीका ना.सु. बेदनिधी बरालले सेवाग्राहीको जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधन प्रयोजनार्थ आफ्नो ओहदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी उक्त रकम दिन बाध्य तुल्याई लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीमार्फत लिएको पुष्टी हुन आएको हुँदा निज बेदनिधी बरालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई बिगो रु. ११,०००।– (एघार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरीले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम लिई ना.सु. बेदनिधी बरालसँग मिलि बाँडिचुडी खाने कार्य गरेको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर पुष्टी हुन आएकोले निज राम सुन्दर महतो कोइरीलाई बिगो रु. ११,०००।– (एघार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24