जिल्ला काभ्रेपलान्चोक, पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।०६ गते ।
----------------------------------------------------
 
जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटस्थित मसला बाली बिकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन, ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएकोमा बर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिने कार्य गरेको हुँदा आवश्यक कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठले स्टलहरु निर्माण गर्दा लागेको खर्च एवं भाडावापत प्राप्त आयसमेतको विवरण पारदर्शी ढंगबाट राखी सञ्चालक समितिको निर्णयबाट खर्च गर्नु/गराउनुपर्नेमा सो नगरी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको खातामा जम्मा भएको रकम रु. १४,४४,१९९।– (अक्षरुपी चौध लाख चौवालीस हजार एक सय उनान्सय रुपैंया) मध्ये रु. १४,३८,५००।– (अक्षरुपी चौध लाख अडतीस हजार पाँच सय रुपैयाँ) निज आफैंले झिकी खाइमासी हिनामिना गरी लेखापरीक्षसमेत गराएको र एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले समेत हिनामिना भएको रकमलाई बैधता दिने गरी लेखापरीक्षण प्रतिवेदन दिएको हुँदा निजहरु उपर देहाय बमोजिम कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिइएको छ ।
१. कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठले समितिको अध्यक्ष पदमा रहेर समितिको खातामा रहेको रकममध्ये रु. १४,३८,५०० (अक्षरुपी चौध लाख अड्तीस हजार पाँच सय रुपैयाँ) आफूसमेतले चेकमा सही गरी निकाली हिनामिना गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रु. १४,३८,५००।- समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
२. कृषि उपज बजार सञ्चालक समितिका कोषाध्यक्ष दिनेश अधिकारीले निजसमेतको दस्तखतबाट खाता सञ्चालन भएको देखिएकोले र निजले समेत हस्ताक्षर गरेको चेकबाट अध्यक्ष र कोषाध्यक्षले रु. १४,३८,५००।– (अक्षरुपी चौध लाख अडतीस हजार पाँच सय रुपैयाँ) निकाली अनियमितता गरेकोले निज दिनेश अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कुसरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रु. १४,३८,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
३. कृषि उपज बजारको लेखापरीक्षण प्रतिवेदन एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले खर्चका विल भरपाई वेगर कृषि उपज बजार सञ्चालक समिति पाँचखालको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज केशव अधिकारीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22