राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाहीसहित ८ जना उपर गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।१४ गते ।
----------------------------------------------------
 
जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निम्न व्यक्तिहरुले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा देहायबमोजिमको व्यक्तिहरुको हकमा देहायबमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
निम्न:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
१  तत्कालीन प्रबन्धक ललित बहादुर शाही राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
२ सहायक (नगद) कल बहादुर ओली क्षेत्री राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
३ तत्कालीन उपप्रमुख होताराम योगी राष्ट्रिय बाणिज्य बैंक, कर्णालीप्रदेश कार्यालय सुर्खेत रु.१,२५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ को कसुरमा सोही ऐनको दफा ९ र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
४  सहायक (नगद) प्रिन्सी गुप्ता राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
५ रिजवान अहमद जसगढ   रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिने ।
६ सकिना जसगढ   रु.७५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
७ फहमिदा बानो जसगढ   रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
८ सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर के.के. राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज  रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24