जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका वडा नं. १४ का लेखन्दास रबिन्द्र प्रसाद यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०९ गते ।
----------------------------------------------------

सरकारी साक्षीको रुपमा पेश गरिएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका वडा नं. १४ का लेखन्दास रबिन्द्र प्रसाद यादवले वादी नेपाल सरकार प्रतिवादी गोपाल डिस्वा मगरसमेत भएको घुस/रिसवत मुद्दामा विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयान व्यहोरा प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज लेखन्दास रबिन्द्र प्रसाद यादवले सेवाग्राही र वडा अध्यक्ष गोपाल डिस्वा मगरबीच रकमको वार्गेनिङ गरी/गर्न लगाई दुवै पक्षलाई घुस/रिसवतवापतको रकम रू.२,००,०००/- लेनदेन गर्न दुरुत्साहन दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) को कसुर अपराध गरेको देखिए तापनि निज लेखन्दास रबिन्द्र प्रसाद यादवले बयानको क्रममा सेवाग्राही र गोपाल डिस्वा मगरबीच रकमको बार्गेनिङ भई घुस/रिसवतवापत रू.२,००,०००/- लेनदेन गर्ने भन्ने दुवैबीच सहमति भएको तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजसमेत उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई सरकारी साक्षीको रुपमा प्रस्तुत गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७६/०९/२७ मा निर्णय भई सोहीअनुसार निज रबिन्द्र प्रसाद यादवउपर मुद्दा नचलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएकोमा निज रबिन्द्र प्रसाद यादवले सम्मानित विशेष अदालतमा बकपत्र गर्दा झुठ्ठा एवं कपोलकल्पित व्यहोरा लेखाई अनुसन्धानका क्रममा गरेको सहयोग प्रतिकुल हुने गरी बकपत्र गरेको देखिएबाट निज रबिन्द्र प्रसाद यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधानबमोजिम पुन:मुद्दा दायर गर्नुपर्ने देखिएको हुँदा आरोपित गोपाल डिस्वा मगर र निबेदकबीच निबेदकको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवाटहल तथा औषधि उपचारको सिफारिस उपलव्ध गराउने प्रयोजनका लागि रकमको बार्गेनिङ गरी/गर्न लागाई दुवै पक्षलाई घुस/रिसवतवापतको रकम रू.२,००,०००/- लेनदेन गर्न दुरूत्साहन गरेकोले निज रबिन्द्र प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) को कसुर अपराध गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधानबमोजिम बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) मा उल्लेख भएबमोजिम निज रबिन्द्र प्रसाद यादव राष्ट्रसेवकभन्दा वाहेक अन्य व्यक्ति भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम हुने सजायको आधा सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24