जिल्ला सिरहा, श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक भोगीलाल यादवउपर झुठ्ठा/नक्कली स्थायी अध्यापन अनुमतिपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०९।०१ गते ।
-------------------------------------------------

जिल्ला सिरहा, श्री आधारभूत प्राथमिक विद्यालयमा कार्यरत शिक्षक भोगीलाल यादवले नक्कली स्थायी अध्यापन अनुमति-पत्र बनाई अस्थायी शिक्षकमा नियुक्ति लिएकोले छानबिन गरी कानूनी कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री आधारभूत प्राथमिक विद्यालय धन्छवारमा लागत अनुदान (PCF) प्रा.वि. तहको अस्थायी शिक्षक पदको लागि झुठ्ठा/नक्कली स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेश गरी अस्थायी शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवकको ओहोदा प्राप्त गरी लामो समयसम्म अध्यापन गरी लाभसमेत लिएको हुँदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज भोगीलाल यादवलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
तारानाथ अधिकारी
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24