वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना उपर रु. ९६,६४,२९६।६३ कायम गरी गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०१ गते ।
----------------------------------------------------
 
       लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवले Stud निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी प्रयोग भएको ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको हो भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको र इन्जिनियर पाण्डव प्रसाद देवले Stud निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी अन्तिम बील र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी निर्माण व्यवसायी थोदुङ्ग/अजम्बर/शिवराम जे.भी. नयाँबानेश्वर काठमाण्डौबाट भएको गुणस्तरहीन Stud निर्माण कार्यलाई निर्धारित गुणस्तर तथा मापदण्डबमोजिम भएको भनी भुक्तानी गरेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. ९६,६४,२९६।६३ (छयानब्बे लाख चौसठ्ठी हजार दुई सय छयानब्बे रुपैंया त्रीसठ्ठी पैसा)  कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन  र ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
         साथै, निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको Stud निर्माण गरी कम गुणस्तरको ग्यावियन तारलाई गुणस्तरयुक्त भनी बीलमा दस्तखत गरी भुक्तानी लिने थोदुङ्ग/अजम्बर/शिवराम जे.भी. नयाँबानेश्वर, काठमाडौंको मुख्य जे.भी पार्टनर थोदुङ्ग कन्सट्रक्सन प्रा.लि. का डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा (ऐन.सी.शेर्पा), जे.भी. पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर बैकुण्ठ प्रसाद भण्डारी र जे.भी. पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रा.लि.का प्रोप्राइटर शिवजी सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त निर्माण सेवाका जे.भी. पार्टनरहरु ङबाङ क्षोदेन शेर्पा (एन.सी.शेर्पा), बैकुण्ठ प्रसाद भण्डारी र शिवजी सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. ९६,६४,२९६।६३ (छयानब्बे लाख चौसठ्ठी हजार दुई सय छयानब्बे रुपैंया त्रीसठ्ठी पैसा)  कायम गरी सजाय हुन र ऐ. ऐनको दफा ८ को उपदफा ४ बमोजिम उक्त बिगो असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21