वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना उपर रु. ९६,६४,२९६।६३ कायम गरी गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०१ गते ।
----------------------------------------------------
 
       लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवले Stud निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी प्रयोग भएको ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको हो भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको र इन्जिनियर पाण्डव प्रसाद देवले Stud निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी अन्तिम बील र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी निर्माण व्यवसायी थोदुङ्ग/अजम्बर/शिवराम जे.भी. नयाँबानेश्वर काठमाण्डौबाट भएको गुणस्तरहीन Stud निर्माण कार्यलाई निर्धारित गुणस्तर तथा मापदण्डबमोजिम भएको भनी भुक्तानी गरेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. ९६,६४,२९६।६३ (छयानब्बे लाख चौसठ्ठी हजार दुई सय छयानब्बे रुपैंया त्रीसठ्ठी पैसा)  कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन  र ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
         साथै, निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको Stud निर्माण गरी कम गुणस्तरको ग्यावियन तारलाई गुणस्तरयुक्त भनी बीलमा दस्तखत गरी भुक्तानी लिने थोदुङ्ग/अजम्बर/शिवराम जे.भी. नयाँबानेश्वर, काठमाडौंको मुख्य जे.भी पार्टनर थोदुङ्ग कन्सट्रक्सन प्रा.लि. का डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा (ऐन.सी.शेर्पा), जे.भी. पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर बैकुण्ठ प्रसाद भण्डारी र जे.भी. पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रा.लि.का प्रोप्राइटर शिवजी सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त निर्माण सेवाका जे.भी. पार्टनरहरु ङबाङ क्षोदेन शेर्पा (एन.सी.शेर्पा), बैकुण्ठ प्रसाद भण्डारी र शिवजी सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. ९६,६४,२९६।६३ (छयानब्बे लाख चौसठ्ठी हजार दुई सय छयानब्बे रुपैंया त्रीसठ्ठी पैसा)  कायम गरी सजाय हुन र ऐ. ऐनको दफा ८ को उपदफा ४ बमोजिम उक्त बिगो असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
तारानाथ अधिकारी
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24