जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक धन बहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२८ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) समिर भन्ने धन बहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रामानन्द चौधरीलाई सेवाग्राहीबाट रु. ८,०००।–(आठ हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा पुन: श्रम स्वीकृति दिलाई दिने सिलसिलामा बैदेशिक रोजगार कार्यलय, ताहाचल, काठमाडौंका हलुका सवारी चालक समिर भन्ने धन बहादुर तामाङ्गले बिचौलिया रामानन्द चौधरीमार्फत सेवाग्राहीबाट घुस/रिसवत माग गरी लिन लगाई उक्त रकम आफूले लिई बैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाडौंको अन्तिम श्रम स्वीकृति दिने शाखा रहेको कोठामा लगी फालेको अबस्थामा बरामद भएको र सेवाग्राहीको श्रम स्वीकृति गराई दिएवापत रू.८,०००/- घुस/रिसवत लिएको, मध्यस्थकर्ता रामानन्द चौधरीबाट भोलिपल्ट अर्को व्यक्तिको  श्रम स्वीकृति गराउने भनी अग्रिम रुपमा रू.८,०००/- र अर्को साउदी जाने सेवाग्राहीको श्रम स्वीकृति गराई दिएवापत रू.४,५००/- समेत गरी जम्मा रू.२८,५००/- (अठ्ठाईस हजार पाँच सय) घुस/रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज समिर भन्ने धन बहादुर तामाङ्गलाई बिगो रू. २८,५००/- (अठ्ठाईस हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिबाना र कैद सजाय हुनका साथै मध्यस्थकर्ता रामानन्द चौधरीले समिर भन्ने धन बहादुर तामाङ्गको लागि सेवाग्राहीबाट रू.८,०००/- घुस रकम माग गरी आफूले लिई सो घुस/रिसवतको रकम निज धन बहादुर तामाङ्गलाई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको र भोलिपल्ट अर्को व्यक्तिकोसमेत श्रम स्वीकृति गराउनु पर्ने भनी रू.८,०००/- रकम अग्रीम रुपमा आफैले घुस/रिसवतस्वरूप धन बहादुर तामाङ्गलाई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको देखिंदा निज रामानन्द चौधरीउपर बिगो रू.१६,०००/- (सोह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिबाना र कैद सजाय हुन र निज धन बहादुर तामाङ्गको साथबाट बरामद भई आएको रकम रू.२३,४५०/- मध्येबाट रू.२०,५००/- दशीको रूपमा पेश गरी उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेतको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24