जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डे र निबेदक श्यामबचन यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२८ गते ।
----------------------------------------------------
जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सरोज कुमार पाण्डेलाई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्वर ५ बाट कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत रोहिणी गाउँपालिकालाई विनियोजन भएको रकममध्ये बालीको उत्पादन र उत्पादकत्व बृद्धिको लागि बिउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमका लागि नियमानुसार छनौट भएको जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ मा रहेको बिराट कृषि सहकारी संस्था लिमिटेडलाई रू.२,००,०००/- अनुदान उपलव्ध गराउन सहजिकरण गरी दिएवापत कमिसनको रूपमा रू.४५,०००/- घुस/रिसवत माग गरेकोमा सेवाग्राहीलाई त्रास देखाई रू.२०,०००/- घुस/रिसवत लिई जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रू. २०,०००/- (बिस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनका साथै ऐनको दफा ३ को उपदफा (१) बमोजिम लिएखाएको घुस/रिसवत रकम निजबाट असुलउपर गरी जफत हुनसमेतको मागदावी लिइएको छ ।

त्यसैगरी बिराट कृषि सहकारी संस्था लिमिटेषका अध्यक्ष तथा निबेदक श्यामबचन यादवले घुस/रिसवतवापतको रकम रू.२०,०००/- आयोगको कार्यालयबाट बुझी लगेको नभई निजकै रहेको, उक्त रकम सरोज कुमार पाण्डेलाई दिनु पूर्व आयोगलाई जानकारी दिएको नपाईएको र रकम भुक्तानी भईसकेकोमा सहज तरिकाले वडा कार्यालयबाट सिफारिस गराएवापत र आगामी दिनमा पनि अनुदान रकम उपलब्ध गर्न सहजीकरनको लागिसमेत भनी माग भएको रकममध्ये वडा अध्यक्ष सरोज कुमार पाण्डेको कार्यकक्षमा गई आरोपित सरोज कुमार पाण्डेलाई रु.२०,०००/- घुस/रिसवत दिई निज निबेदक श्यामबचन यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाईसमेत सोही ऐनको दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (क) बमोजिम सजाय हुनका साथै सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम घुस/रिसवत दिएको रकम असुलउपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24