तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठसहित ४ जना उपर गैरकानूनी लाभ तथा नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२१ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकुद फिल्ड मर्मतसम्भारका लागि आएको बजेट कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका ईन्जिनियर, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष, तत्कालीन प्रशासकीय अधिकृत र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतको मिलोमतो र संलग्नतामा रु.२,७५,६२३।३६  बराबरको रकम बढी भुक्तानी लिने/दिने गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरेको हुँदा देहायमा उल्लेखित राष्ट्रसेवक एवं व्यक्तिमाथि देहायबमोजिमको कसुरमा सजाय हुन मागदावी लिइएको छ ।

क) तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठले फुटबल मैदान निर्माण योजनामा माटोको कामको नापजाँच गरी भए/गरेको कामको नापी बिल बनाउनुपर्नेमा नभए/नगरेको कामको नापी गरी सोहीअनुसारको प्राविधिक बिल बनाई भुक्तानीका लागि सिफारिस गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निज विकास कुमार श्रेष्ठलाई बिगो रु.२,७५,६२३।३६(दुई लाख पचहत्तर हजार छ सय तेइस रुपैया र पैसा छत्तीस मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (१) बमोजिम सजाय र हानिनोक्सानी गरेको उक्त बिगो रकमसमेत असुल उपर हुन मागदाबी लिइएको छ ।

ख) जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र वर्मा र प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादवले जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र वर्मा र प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादवले शम्भुनाथ नगरपालिकास्थित फुटबल मैदान निर्माण योजनाको कार्य सम्पन्न भएपश्चात योजनाको अनुगमन गरी योजना अनुरुप कार्य भए/नभएको एकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा पूरा नभएको योजना सम्पन्न भएको गलत प्रतिवेदन दिएको हुदाँ निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निजहरु धिरेन्द्र वर्मा र महेन्द्र प्रसाद यादवलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

ग) फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवले शम्भुनाथ नगरपालिकास्थित फुटबल मैदान निर्माण योजनामा माटो पुर्ने काम सम्पन्न गरेको झुठ्ठा बिल भरपाई पेश गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने गरी बढी भुक्तानी लिएको हुदाँ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निज बुद्धिलाल यादवलाई बिगो रु.२,७५,६२३।३६ (दुई लाख पचहत्तर हजार छ सय तेइस रुपैया र पैसा छत्तीस मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम र हानि नोक्सानी गरेको उक्त बिगो रकमसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24