ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सी. र प्रहरी हवल्दार राजेश बहादुर द्वाल उपर बिगो रु.१३,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१५ गते ।
----------------------------------------------------
ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा,बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साविक नीजि जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटि गएको टोलीले निज राजेश बहादुर द्वाललाई रु.१३,०००/- घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सी. र प्रहरी हवल्दार राजेश बहादुर द्वालसमेतले सेवाग्राहीलाई निजी आवादी जग्गाको कटान गरिसकेको आँप जातको रूखको काठलाई चिरान मिल र इट्टा भट्टामा लग्ने कार्यमा सहजीकरण गरिदिएवापत घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज लुद्र बहादुर के.सी. र राजेश बहादुर द्वाल उपर बिगो रू. १३,०००/- (तेह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03