नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी.ए. प्रसारण लाइन आयोजनाका प्रमुख इश्वरी प्रसाद जैसवाल उपर बिगो रु. १०,००,०००/- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१२ गते ।
----------------------------------------------------
नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी. प्रसारण लाईन आयोजना हेटौंडाका कार्यालय प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरी प्रसाद जैसवालले निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज इश्वरी प्रसाद जैसवाललाई सेवाग्राहीबाट रु. १०,००,०००।– घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी. प्रसारण लाईन आयोजनाका प्रमुख इश्वरी प्रसाद जैसवालले उक्त आयोजनाबाट बिभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रशारण लाईनभित्र पर्न गएको रूखहरू कटान गरी ढुवानी तथा घाटगद्दी गर्ने कार्य गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहदा र अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय (Malafide Intention) राखी सेवाग्राहीसँग घुस/रिसवत लिएको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज इश्वरी प्रसाद जैसवाललाई बिगो रू. १०,००,०००/- (दश लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24