जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियार उपर जनही रु. २४,०००।- बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।
-------------------------------------------------
 
जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका कार्यालय सहयोगी दिलिप कुमार पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले निज दिलिप कुमार पंजियारलाई सेवाग्राहीबाट रु.२४,०००।- (चौबीस हजार) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको सिलसिलामा जनकपुरधाम उप-महानगरपालिका- १३ नं. वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियारले मिलेमतो गरी सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडा अध्यक्ष शुभ नारायण मण्डलले भनेअनुसार दिलिप कुमार पंजियारले घुस रकम बार्गेनिङ गरी रु. २४,०००।– घुस/रिसवत लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज शुभ नारायण मण्डल र दिलिप कुमार पंजियारको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निजहरुलाई जनही रु. २४,०००।– (चौबीस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24