नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछाने उपर बिगो रु. ८६,८८,१३२।९१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।
-------------------------------------------------

नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको Scrap Dismantle Battery लिलाम कार्यमा अनियमितता गरिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन समयमा नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछानेले नेपाल टेलिकमको बोलपत्र अन्तर्गत Scrap Dismantle Battery को लिलामी समाप्त भएपश्चात नेपाल टेलिकमका बिभिन्न कार्यालयहरुबाट थानकोट स्टोरमा भण्डार गरी राखेको सार्वजनिक संस्थाको सम्पत्ति ९७९ थान Dismantle Battery को हुन आउने बिगो रु. ८६,८८,१३२।९१ (छयासी लाख अठासी हजार एक सय बत्तीस रुपैयाँ एकानब्बे पैसा)  हिनामिना, हानिनोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको निर्बिवाद पुष्टि हुन आएकोले निजले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम निज रामचन्द्र लामिछानेबाट असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24