जिल्ला सुर्खेत, बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. उपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२७ गते ।
-------------------------------------------------

बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं. १३ स्थायी बसोवास भएका रत्न बहादुर बि.क. ले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज रत्न बहादुर बि.क. लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निज रत्न बहादुर बि.क. ले बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट राजस्व रकम रु. २०,२०,०६७।०१ संकलन गरेकोमा बिभिन्न मितिमा रु. ४,१६,६००।–बैंक दखिला गरी रु. १६,०३,४६७।०१ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको र संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव (सहायकस्तर पाँचौ) इन्द्र प्रसाद अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो एवं संलग्नता र मद्दत पुर्‍याएको देखिन आई निजहरु वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो रु. १६,०३,४६७।०१ (सोह्र लाख तीन हजार चार सय सतसठ्ठी रुपैंया एक पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद सजाय हुन र ऐ.ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनका साथै हिनामिना गरेको रास्वमध्ये रु. ७,१६,७१७।०१ हालसम्म पनि दाखिला नगरिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दाखिला नगरिएको बिगो रु. ७,१६,७१७।०१ (सात लाख सोह्र हजार सात सय सत्र रुपैंया एक पैसा) निज आरोपीहरु इन्द्र प्रसाद अधिकारी र रत्न बहादुर बि.क. बाट असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24