राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानासमेत २ जना उपर बिगो रु. २,००,०००।- कायम गरी घुस/रिसवत लेन/देन गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२५ गते ।
-------------------------------------------------

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने  सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई रू.२,००,०००/- (दुई लाख) घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानाले श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाबाट VCTS (Vehicle & Consignment Tracking System), राजस्व लगायतका विभिन्न कामकाजमा सहजीकरण गरिदिएवापत रू.२,००,०००/- घुस/रिसवत लिई निजले चलाईराखेको बा.२ झ. १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाईलक्स गाडीमा लुकाई राखेको अवस्तामा बरामद हुन आएकोले उक्त रकम घुस/रिसवतवापत लिएको पुष्टि हुन आई आरोपीमध्येका विजय रानाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन र उक्त बरामदित रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिइएको छ ।

साथै श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाले विजय रानालाई प्रभावमा पारी आफू कार्यरत कम्पनीको तर्फबाट राजस्व अनुसन्धान कार्यालयबाट हुने गरेका कामकारवाहीमा प्रभाव पार्ने मनसायका साथ निजलाई प्रलोभनमा पार्नका लागि रू.२,००,०००/- घुस/रिसवतवापत दिएको पुष्टि हुन आई निज अनिल कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24