नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत २ जना उपर बिगो रु.२,७५,०००/- कायम गरी घुस/रिसवत सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२१ गते।
-----------------------------------------

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहले स्रोत नखुलेको रकम अन्दाजी रु.८/१० लाख रुपैयाँ साथमा लिई लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ आउने हुँदा निजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने गोप्य सूचना अनुसार निज बुटवलबाट काठमाडौं तर्फ आउँदै गर्दा जिल्ला धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं ८ खानीखोलामा फेला पारी निजको खानतलासी गर्दा स्रोत नखुलेको जम्मा नगद रु.२,३३,५००/-, विभिन्न रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष साहलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलका कार्यालय प्रमुख सन्तोष साहको SBI BANK को खातामा रु.२,७५,०००/- जम्मा गरेको रकम Smart Suppliers बाट जारी बीजक नं. २०९, २६३ र ३६८ बाट पानी तान्ने मेशिनसमेतका सामान खरिद तथा Installation गरेबापतको कमिसन रकम भएको पुष्टि हुन आई निज इन्जिनियर सन्तोष साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र दफा ६ बमोजिम समेतको भ्रष्टाचारजन्य कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी इन्जिनियर सन्तोष साहलाई बिगो रु.२,७५,०००/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिबाना र कैद सजाय हुन साथै घुस/रिसवत/कमिसनबापतको रकम रु.२,७५,०००/- (दुई लाख पचहत्तर हजार) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निज सन्तोष साहबाट जफत हुन समेत मागदाबी लिइएको छ । 

साथै आरोपितमध्ये Smart Suppliers का सञ्चालक विकास जैनले पानी तान्ने मेशिनसमेतका सामान खरिद तथा Installation गरे बापतको घुस रिसवत/कमिसन स्वरूप रु.२,७५,०००/- सन्तोष साहको एसबिआई बैकको खातामा जम्मा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज Smart Suppliers का सञ्चालक विकास जैनलाई घुस/रिसवत/कमिसनबापतको बिगो रु.२,७५,०००/- (दुईलाख पचहत्तर हजार) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24