नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत ४ जना उपर बिगो रु.७,९२,५५९/४० कायम गरी गैरकानुनी लाभ वा हानी सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२१ गते।
-----------------------------------------

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहले स्रोत नखुलेको रकम अन्दाजी रु.८/१० लाख रुपैयाँ साथमा लिई लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ आउने हुँदा निजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने गोप्य सूचना अनुसार निज बुटवलबाट काठमाडौं तर्फ आउँदै गर्दा जिल्ला धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं ८ खानीखोलामा फेला पारी निजको खानतलासी गर्दा स्रोत नखुलेको जम्मा नगद रु.२,३३,५००/-, विभिन्न रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलका कार्यालय प्रमुख सन्तोष साहबाट बरामद सेतो कागजको टुक्रामा भावना ४१२५०० र चिराग ६५६००० लेखी हिसाब गरिएको चिट (कागजको टुक्रा) सम्बन्धमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर र बहादुरगञ्जको कार्यालय परिसरमा रहेको इनार मर्मत (वेल रिह्याब) गर्ने भनी रु.३,९९,७९०/२७ का दरले दुईवटा इनारको रु.७,९८,५८०/५४  को लागत इस्टिमेट तयार गरी बजेट निकासा गराएकोमा चिराग कन्स्ट्रक्सन एण्ड सप्लायर बुटवलका सञ्चालक नबिन पुनसँग सम्पर्क गरी इनार मर्मतको काम सम्पन्न भइसकेको भनी कोटेसन सहितको भ्याट बिल मागी लिई कामै नगरी निर्माण सम्पन्न भएको झूटा प्रतिवेदन तयार गरी गराई आरोपितहरू सन्तोष साह र दिननाथ धोबीसमेतले नगद रु. ७,९२,५५९/४० (सात लाख बयानब्बे हजार पाँच सय उनान्साठी रुपैयाँ चालीस पैसा) रकम चिराग कन्स्ट्रक्सन एण्ड सप्लायर बुटवलका सञ्चालक नबिन पुनलाई भुक्तानी दिई उक्त रकममध्ये रु.६,५४,०००/- आरोपित सन्तोष साहको बाबु राम नारायण साहु सुडीको खातामा जम्मा गर्न लगाई सो रकम झिकी बाडीचुडी खाई नेपाल सरकारको सम्पत्ति बदनियतपूर्वक हिनामिना हानीनोक्सानी र आफूलाई गैरकानुनी लाभ हुने कसुर गरेको पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी इन्जिनियर सन्तोष साह र दिननाथ धोबीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको समेत भ्रष्टाचारको कसुर भएकोले निज सन्तोष साह र दिननाथ धोबीलाई हानिनोक्सानीको बिगो रु.७,९२,५५९/४० (सात लाख बयानब्बे हजार पाँच सय उनान्साठी रुपैयाँ चालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम जरिबाना र कैद सजाय हुन साथै हिनामिना हानिनोक्सानी भएको रकम रु.७,९२,५५९/४० सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम निज सन्तोष साह र दिननाथ धोबीबाट असुल उपर हुन समेत मागदाबी लिइएको छ ।

साथै चिराग कन्स्ट्रक्सन एण्ड सप्लायर बुटवलका सञ्चालक नबिन पुनले नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर र बहादुरगञ्जको कार्यालय परिसरमा रहेको इनार मर्मत (वेल रिह्याब) गर्ने कार्यको काम नै नभएकोमा झूटा बिल बीजक तयार गरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगरमा पेश गरी रु.७,९२,५५९/४०(सात लाख बयानब्बे हजार पाँच सय उनान्साठी रुपैयाँ चालीस पैसा) भुक्तानी लिएकोमा सो रकममध्ये रु.६,५४,०००/- सन्तोष साहको बाबु राम नारायण साह सुडीको खातामा जम्मा गरी नेपाल सरकारको हानिनोक्सानी र आफूसमेतलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज नबिन पुनलाई हानिनोक्सानीको बिगो रु.७,९२,५५९/४० कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

त्यसै गरी आरोपित सन्तोष साहको बाबु राम नारायण साहु सुडीले आफ्नो छोरा सन्तोष साहले अनियमित तरिकाले प्राप्त गरेको रकम रु.६,५४,०००/- आफ्नो कृषि विकास बैकको खातामा जम्मा भएकोमा सो रकम तत्कालै झिकी सरकारी सम्पत्ति हानिनोक्सानी र आफूसमेतलाई फाइदा हुने कार्य गरेको र पटक-पटक सम्पर्क राख्न बोलाउँदा आयोगसमक्ष उपस्थित नभई फरार रहेकोसमेत देखिँदा निज राम नारायण साहु सुडीले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को कसुरको मतियारको कसुर भएकोले निज राम नारायण साहु सुडीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्याम्समा उल्लेख भएबमोजिम मुख्य कसुरमा सन्तोष साहलाई हुने सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26