गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवउपर बिगो रु. ४,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०५।०९ गते।
------------------------------------------

जिल्ला रुपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेनमेन)  विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवलाई रु. ४,००,०००/- (चार लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोधले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, भैरहवाले अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.४,००,०००।- बिचौलिया महेन्द्र प्रसाद यादवमार्फत घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निज विश्वनाथ प्रसाद लोधले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज विश्वनाथ प्रसाद लोधलाई बिगो रु.४,००,०००।- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै अर्का प्रतिवादी महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा वितरणमा सहजीकरणको लागि विश्वनाथ प्रसाद लोधलाई घुस रकम दिनुपर्छ भन्दै घुस/रिसवत रकम रु.४,००,०००।- माग गरी सेवाग्राहीलाई उक्त रकम बैंकमा जम्मा गराउन लागेको तथ्य पुष्टि हुन आएकोले निज महेन्द्र प्रसाद यादवले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको हुँदा निज महेन्द्र प्रसाद यादवलाई बिगो रु.४,००,०००।- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26