चुरे गाँउपालिका, घरखेडा, कैलालीका सव-इन्जिनियर चन्द्रदेव भट्टउपर बिगो रु. २०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७७।०४।३० गते।
------------------------------------------
जिल्ला कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज चन्द्रदेव भट्टलाई सेवाग्राहीबाट रु. २०,०००/- (बीस हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा चुरे गाँउपालिका, घरखेडा, कैलालीका सव-इन्जिनियर चन्द्रदेव भट्टले चुरे गाँउपालिका वडा नं. १ को घोडथर सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इष्टिमेट, नापजाँच तथा मूल्याङ्कन लगायतका काम गरी दिएबापत सेवाग्राहीसँग रु.२०,०००।- (बीस हजार) घुस/रिसवत माग गरी लिएको प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज चन्द्रदेव भट्टलाई बिगो रु.२०,०००।- (बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
तारानाथ अधिकारी
Download
Tweet