कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलउपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२८ गते।
------------------------------------------

 कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले Detailed Project Report (DPR)  गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी उक्त रकम निजले आफ्नो छोरालाई लिन पठाएको छ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले निजको छोरा सन्त कुमार मण्डललाई रु.५,००,०००/-(पाँच लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलले मिलेमतो गरी Detailed Project Report (DPR)  निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिई चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखी दु:ख हैरानी दिई रु.५,००,०००/- घुस कमिशन माग गरी नगर प्रमुख सुर्यनाथ मण्डल धानुकले उक्त घुस/रिसवत रकम लिन छोरा सन्त कुमार मण्डललाई पठाई रु. ५,००,०००/-  घुस/रिसवत लिएपश्चात नियन्त्रणमा लिई राखेको चेक दिएको र उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्तभै हालसम्म पनि भुक्तानी पाउन नसकेको समेतको अवस्थाबाट कल्याणपुर नगरपालिका सिरहाको नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले घुस माग गरी निजको छोरा सन्त कुमार मण्डलले उक्त रकम बुझिलिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज सुर्यनाथ मण्डल धानुकले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज नगर प्रमुख (मेयर) सूर्यनाथ मण्डल धानुकलाई बिगो रु.५,००,०००/- (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी लिइएको छ ।
 
त्यसैगरी कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकको निर्देशनअनुसार निजले भनेबमोजिम निजसँग मिलेमतो गरी निजको छोरा सन्त कुमार मण्डलले सेवाग्राहीसँग घुस/रिसवतको बार्गेनिङ गरी बुबा सूर्यनाथ मण्डल धानुक तथा आफूलाई समेत लाभ हुने गरी घुस/रिसवत रकम रु.५,००,०००/- लिन मन्जुर गरी उक्त घुस/रिसवत रकम लिएको पुष्टि हुन आएको हुँदा निज सन्त कुमार मण्डलले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज सन्त कुमार मण्डललाई सोही दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम घुस लिएको रु.५,००,०००/- (पाँच लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24