जोशीपुर गाँउपालिकाको कार्यालय कैलालीका ना.सु. सिद्धराज जोशीउपर बिगो रु. ८५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२६ गते।
------------------------------------------

 जिल्ला कैलाली, जोशीपुर गाँउपालिकाबाट सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज जोशीपुर गाँउपालिकाको कार्यालयका ना.सु. सिद्धराज जोशीलाई घुस/रिसवत बापतको रकम रु.८५,०००/- (पचासी हजार) सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जोशीपुर गाँउपालिकाको कार्यालयका ना.सु. सिद्धराज जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा निज सिद्धराज जोशीले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई घुस/रिसवत दिन बाध्य पारी रु.८५,०००।- (पचासी हजार) घुस/रिसवत लिएको तथ्य प्रमाणित हुन आएको हुँदा निज ना.सु. सिद्धराज जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो रू.८५,०००।- (पचासी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24