खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दउपर बिगो रु. ४५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१४ गते।
------------------------------------------

जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सान्टडा खोला तटवन्धन निर्माण योजनाको कार्य सम्पन्न गरी भुक्तानीमा सहज गरी दिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठसमेतले रनिङ बिलको पहिलो भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवतवापत रु. ४५,०००।–(पैतालीस हजार) लिएको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठले आपसी मिलेमतोमा सेवाग्राहीसँग रनिङ बिल भुक्तानीको क्रममा रु. ४५,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजहरु विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निजहरुलाई बिगो रु. ४५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै निजहरुबाट बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24