खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१४ गते।
------------------------------------------

जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सान्टडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका सव-इन्जिनियर विरेन्द्र चन्दसमेतले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निज सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ३ स्थित सान्तडा खोला तटबन्ध निर्माण योजनाको कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहज गरी दिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले सेवाग्राहीसँग निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिनु भन्दा अगाडि रु. ३०,०००।– (तीस हजार) घुस/रिसवत माग गरेको र नदिएमा भुक्तानी रोकी दिने भनी भुक्तानी दिने निर्णय भई सक्दा पनि घुस/रिसवत नदिएकोले तयार भएको चेक पनि लुकाई भुक्तानी नदिएको पुष्टि हुन आएकोले निजहरु रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको उद्योगको कसुर गरेकोले निजहरुलाई बिगो रु. ३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेखित भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24