खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१४ गते।
------------------------------------------

जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सान्टडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका सव-इन्जिनियर विरेन्द्र चन्दसमेतले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निज सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ३ स्थित सान्तडा खोला तटबन्ध निर्माण योजनाको कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहज गरी दिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले सेवाग्राहीसँग निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिनु भन्दा अगाडि रु. ३०,०००।– (तीस हजार) घुस/रिसवत माग गरेको र नदिएमा भुक्तानी रोकी दिने भनी भुक्तानी दिने निर्णय भई सक्दा पनि घुस/रिसवत नदिएकोले तयार भएको चेक पनि लुकाई भुक्तानी नदिएको पुष्टि हुन आएकोले निजहरु रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको उद्योगको कसुर गरेकोले निजहरुलाई बिगो रु. ३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेखित भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26