मालपोत कार्यालय चाबहिलका तत्कालीन ना.सु. चन्द्र बहादुर श्रेष्ठउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------

मालपोत कार्यालयहरु ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवा प्रदायक बीचमा घुस रिसवत लेनदेन हुने गरेको भन्नेसमेत व्यहोराको चन्द्र बहादुर श्रेष्ठ आरोपी भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय चाबहिलका तत्कालीन ना.सु. चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीको जग्गा लिलामी सम्बन्धी विषयको जानकारी दिन निजसँग घुस रिसवत माग गरेको तथ्य पुष्टि भएकोले निज चन्द्र बहादुर श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा परिभाषित कसुर गरेको देखिएको हुँदा निजलाई बिगो रु. १,५००।– (पन्ध्र सय) कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24