हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंहउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------

हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह (अधिकृतस्तर छैठौं तह) ले विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत भुपेन्द्र कुमार सिंहलाई रु.४,०००/- (चार हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीले हरिपुर नगरपालिका कार्यालय सर्लाहीको आ.ब. ०७६/७७ मा नगरपालिकाले उपलब्ध गराएको सूचना सन्देश स्वास्थ्य कार्यक्रम प्रशारण गरी सम्पूर्ण बिल लगायतको कागजातहरु पेस गरी भुक्तानी लिने सिलसिलामा दु:ख हैरानी दिने नियतले हरिपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सर्लाहीका लेखा अधिकृत पदमा कार्यरत (छैठौँ तह) भुपेन्द्र कुमार सिंहले सेवाग्राहीलाई घुस/रिसवत रु. ४,०००।- दिन बाध्य तुल्याई आफ्नो ओहदा र पदीय दायित्वसमेत ख्याल नराखी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी उक्त घुस रिसवतवापतको रकम भुपेन्द्र कुमार सिंहले आफू नलिई आफ्नो शाखाको कर्मचारीलाई लिन बोलाइ निजमार्फत लिएको व्यहोरा स-प्रमाण पुष्टि हुन आएको हुँदा निज लेखा अधिकृत (छैठौँ तह) भुपेन्द्र कुमार सिंहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा बिगो रु.४,०००- (चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24