सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहालसहित ६ जनाउपर आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------
 
सप्तरी जिल्ला सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर चोक सखुवनी रोड निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी कार्यकारी अधिकृत, प्राविधिकसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी र सव-इन्जिनियर रामकान्त चौधरी: निज निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहालले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने रु.१४,९९,४५४।- (चौध लाख उनान्सय हजार चार सय चौवन्न रुपैया) को कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न नगरी गुणस्तरहीन कार्य गरेको अवस्थामा नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरी पेश गरेको र निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी भुक्तानीका लागि आदेश दिई भुक्तानी आदेशानुसार सम्झौताबमोजिमको रकम नगरपालिकाले निर्माण व्यवसायीहरुलाई जम्मा रु.१४,९७,९७२।- (चौध लाख सन्तानब्बे हजार नौ सय बहत्तर) भुक्तानी दिई नगरपालिकाको जम्मा रु.१४,९७,९७२।- (चौध लाख सन्तानब्बे हजार नौ सय बहत्तर) हिनामिना गरी निजहरुले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो  रु.१४,९७,९७२।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुल उपर गरी पाउन मागदाबी लिइएको छ ।
 
ख. सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादव र भष्मरवि  निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरी: सप्तकोशी नगरपालिकासमक्ष गरेको सम्झौता एवं मापदण्डअनुसारको कार्य नगरी सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादवले सप्तकोशी नगरपालिकाको जम्मा रु.४,९९,६४२।०० (चार लाख उनान्सय हजार छ सय बयालिस रुपैया) र भष्मारवी निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीले रु.४,९८,६८८।०० (चार लाख अन्ठानब्बे हजार छ सय अठासी) नगरपालिकाको भुक्तानी आदेशानुसार भुक्तानी लिई हानिनोक्सानी गरेकोले निजहरुको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुर देखिंदा निजहरु राज कुमार यादव र नारायण प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रु.४,९९,६४२।०० (चार लाख उनान्सय हजार छ सय बयालिस रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) ले निर्देश गरेबमोजिम हानिनोक्सानीको रकम असुलउपर गरी पाउन र श्यामकान्त चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रु.४,९८,६८८।०० (चार लाख अन्ठानब्बे हजार छ सय अठासी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) ले निर्देश गरेबमोजिम हानिनोक्सानीको रकम असुल उपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24