साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित ४ जनाउपर बिगो रु. ३,९१,२२७।३७ कायम गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------
 
जिल्ला कपिलवस्तु साविक तितिर्खी गाउँ विकास समितिस्थित जमुवार नदीमा पुल निर्माण गर्दा तितिर्खी गाउँ विकास समिति तथा जिल्ला विकास समिति कपिलवस्तुबाट दोहोरो भुक्तानी लिएको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गाउँ विकास समिति सचिव, जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा तितिर्खी गाउँ विकास समितिबाट कुनै ठोस कार्य सम्पन्न नै नगरी जिल्ला विकास समितिको बजेटबाट सम्पन्न गरिएको कामलाई नै देखाई गाउँ विकास समितिको रु. ३,९१,२२७।३७ (तीन लाख एकानब्बे हजार दुई सय सत्ताइस रुपैया सैतीस पैसा) उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिई गैरकानूनी हानी पुर्‍याउने बदनियतले देहायका व्यक्तिहरुले भ्रष्टाचार कसुर गरेको प्रमाणित हुन आएकोले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनाल र साविक जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल गोले अलि धुनियाले बिना आधार, प्रमाण हचुवाको भरमा कुनै निर्माण कार्य नै नगरी जिल्ला विकास समितिबाट गरिएको निर्माण कार्यलाई गाउँ विकास समितिबाट गरेको हो भनी नेपाल सरकारको रकम हानिनोक्सानी गरी गैरकानूनी लाभ लिने मनसायले उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र सोही दफा ८ को उपदफा (१) बमोजि बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
ख. उपभोक्ता समितिका अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीले पुल निर्माण कार्यको साविक जिल्ला विकास समिति कपिलवस्तुसँग छुट्टै सम्झौता गरी सोही अनसार पेश्की लिई कार्य गरिरहेकोमा सोही कार्यलाई देखाई गाउँ विकास समितिबाट समेत दोहोरो भुक्तानी लिई साविक तितिर्खी गाउँ विकास समितिको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुल उपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 
 
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24