जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र Legal Advocacy Servic Center का अधिवक्ता हिमालय बिक्रम बिष्टउपर बिगो रु. ५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२९ गते ।
-------------------------------------------------
 
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई रु.५०,०००/- (पचास हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
 
अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरितको र जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्व Legal Advocacy Servic Center का अधिवक्ता हिमालय बिक्रम बिष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस/रिसवत दिन वाध्य पारी सोवापत रकम रु. ५०,०००।– लिन मञ्जुर गरी निज हिमालय बिक्रम विष्टलाई लिन लगाई हिमालय बिक्रम विष्टबाट घुस/रिसवत वापतको रकम लिएपछि निज प्रकाश सिंह कार्कीबाट उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले निज प्रकाश सिंह कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
साथै, हिमालय बिक्रम विष्टले सेवाग्राहीको मुद्दाको सहजीकरण गर्न जवर्जस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीलाई मनाई दिएबापत प्रकाश सिंह कार्कीको लागि घुस/रिसवत लिई उक्त रकम प्रकाश सिंह कार्कीलाई उपलब्ध गराएको पुष्टि हुन आएको हुँदा निज हिमालय बिक्रम विष्टले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24