जिल्ला बैतडी, जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथउपर बिगो रु. ८१,९००।– कायम गरी सरकारी रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२९ गते ।
-------------------------------------------------

जिल्ला शिक्षा कार्यालय वैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जि.शि.अ., स्रोतव्यक्तिसमेतको मिलेमतोमा जशलिङ्ग प्रा.बि. शिक्षक महानन्द कपाडी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निजलाई निलम्बन नगरी बिद्यालयबाट पाउने तलब भत्ता सुबिधा प्रदान गरी भ्रष्टचार गरेको हुँदा छानबिन गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज महानन्द कपाडीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र श्रोतव्यक्ति हरिनाथसमेतको सहमतिमा रु. ८१,९००।–(एकासी हजार नौ सय रुपैयाँ) सरकारी रकम बुझी लिएको देखिन आएको हुँदा जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिंदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम बिगो रु. ८१,९००।–(त्रियासी हजार एक सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को दहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो असुलउपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24