मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत तत्कालीन कार्यालय प्रमुख मालपोत अधिकृत रेशम बहादुर थापाक्षेत्रीसहित ५ जना उपर सरकारी सम्पत्ति हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------
 
जिल्ला कपिलवस्तु साविक गा.पं.छो. भगवानपुर वडा नं. ५क को कित्ता नं. ९४ को जग्गा बाटो कायम रहेको, उक्त जग्गा साविक विरपुर-९ हाल शिवराज नगरपालिका वडा नं. ५ मतिबुल हसन खाँले हालैको बकसपत्रमार्फत आफ्नो श्रीमतीको नाममा नामसारी गरी बिक्री वितरण हुँदै हाल साविक कृष्णनगर गा.वि.स. वडा नं. ३ बस्ने व्यक्तिको नाममा कायम भएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत लिखत तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत तत्कालीन कार्यालय प्रमुख मालपोत अधिकृत रेशम बहादुर थापाक्षेत्री, ना.सु. मोदनाथ पौडेल, रजिष्ट्रेशनफाँटका खरिदार बद्रिनाथ रेग्मी, मोठफाँटका खरिदार बालकृष्ण अर्यालले मालपोत कार्यालय तौलिहवा कपिलवस्तुबाट रजिष्ट्रेशन नं. २५८१ मिति २०४७।०९।२९ को हालैको बकसपत्रको लिखत सम्बन्धमा नापी कार्यालय तौलिहवा तथा मालपोत कार्यालय तौलिहवा कपिलवस्तुमार्फत प्राप्त फिल्डबुक उतारबमोजिम जिल्ला कपिलबस्तु साविक गा.पं. छो. भगवानपुर वडा नं. ५ को कित्ता नं. ९४ को जग्गा हालैको वकसपत्रले मतिबुल हसन खाँबाट निजको श्रीमतीको नाममा र त्यसपश्चात अर्को व्यक्तिको नाममा आएको देखिंदा गलत लिखत तयार गर्ने कार्यमा संलग्न रही सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी र मास्ने बदनियतले उक्त कार्य गरेको र मतिबुल हसन खाँलाई मिति २०४७।०९।२९ मा उक्त लिखत पारित गर्दा जग्गाको मूल्य खुल्ने रकम रु. २८,३००।– बराबरको गैरकानूनी लाभ पुर्‍याउने र सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग गर्ने कार्य गरेको प्रमाणित हुन आएकोले निजहरुले गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ९ र ऐ. ऐनको दफा १३ बमोजमको भ्रष्टाचारजन्य कसुर भएको र सो कसुरलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ.ऐन को दफा १७ ले समेत उक्त कसुरको निरन्तरता दिएको देखिंदा निजहरु रेशम बहादुर थापाक्षेत्री, ना.सु. मोदनाथ पौडेल, खरिदार बद्रिनाथ रेग्मी र खरिदार बालकृष्ण अर्यालउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ९ र ऐ. ऐनको दफा १३ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ.ऐनको दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ख. जिल्ला कपिलवस्तु साविक विरपुर गा.वि.स. वडा नं. ९ हाल ऐ. जिल्ला शिवराज नगरपालिका वडा नं. ५ पर्सिया बस्ने मतिबुल हसन खाँले मालपोत कार्यालय तौलिहवा कपिलवस्तुबाट रजिष्ट्रेशन नं. २५८१ मिति २०४७।०९।२९ को हालैको वकसपत्रको लिखत पारित सम्बन्धमा निजले मालपोत कार्यालय कपिलवस्तुमा तत्कालीन समयमा कार्यरत कर्मचारीहरुको मिलेमतोमा जिल्ला कपिलवस्तु छो. भगवानपुर गा.पा. वडा नं. ५क को कित्ता नं. ९४ को सार्वजनिक बाटो कायम भएको जग्गा गैरकानूनी लाभ लिने उद्देश्यले आफ्नो श्रीमतीको नाममा हालैको बकसपत्रमार्फत कर्मचारीहरुको मिलेमतोमा गलत लिखत तयार गरी हक हस्तानान्तरण गरी सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी गरेको देखिन आएकोले निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम कसुर गरेको र सो कसुरलाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) ले समेत निरन्तरता दिएको हुँदा निज मतिबुल हसन खाँउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24