तेह्रथुम जिल्ला थोक्लुङ्ग गा.वि.स. का अवकाश प्राप्त सचिव डम्बर कुमार गड्तौला उपर बिगो रु. १,१८,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------

तेह्रथुम जिल्ला थोक्लुङ्ग गा.वि.स. का सचिव डम्बर कुमार गड्तौलाले आ.ब. २०७०/०७१ मा सामाजिक सुरक्षा भत्ताको रकम व्यापक हिनामिना गरेको, उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको र मृत्यु भैसकेका सयौ मानिसको नाममासमेत भत्ता वितरण गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तेह्रथुम जिल्ला, थोक्लुङ्ग गा.वि.स. का तत्कालीन हाल अवकास प्राप्त सचिव डम्बर कुमार गड्तौलाले आर्थिक बर्ष २०६९/७० र २०७०/०७१ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ताको लाभग्राही लगतमा नाम नभएका व्यक्तिहरु, मृत्यु भैसकेको व्यक्तिको नाममा र एकै व्यक्तिको नाममा दोहोरो/तेहोरो गरी रु. १,१८,०००।– (एक लाख अठार हजार) हिनामिना गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले बिगो रु. १,१८,०००।– कायम गरी निज डम्बर बहादुर गडतौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो रकम निजबाट असुलउपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24