श्री सिक्टहन मा.वि. रुपन्देहीमा तत्कालीन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्त प्रसाद कुर्मीउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------
श्री सिक्टहन माध्यमिक विद्यालय, रुपन्देहीमा सन्त प्रसाद कुर्मी (सन्त प्रसाद चौधरी भनेर चिनिने) ले नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त भएको भन्ने विषयमा आयोगमा दर्ता भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्तयताको प्रमाण-पत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा छनौट भएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरजन्य कार्य भएको हुँदा तत्कालीन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्त प्रसाद कुर्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet