तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेल उपर बिगो रु. ३,००,०००।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------

तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले जिल्ला वन कार्यालय, बारा अन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बारामा कार्यरत सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी व्याड निर्माणको लागि २०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी रु. ३,००,०००।– (तीन लाख) को कार्यादेश अनुसार कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई उल्लेखित कार्यादेश अनुसार खरिद गरेको भनी नक्कली बिल पेश गरी सोही बिलको आधारमा जाँचपास तथा पेश्की फछर्यौटको लागि कागजात पेश गरेको देखिन आएको हुँदा निजले उक्त कार्यादेशतर्फको रु. ३,००,०००।– बदनियतपूर्ण मनसायले दुरुपयोग गरेको पुष्टि भएकोले निजले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर गरेको हुँदा निज विन्देश्वर प्रसाद पटेललाई बिगो रु. ३,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24