यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडासदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद)उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२४ गते ।
-------------------------------------------------

यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडासदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) ले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि सिफारिसको लागि सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज निरगुन पासवान (दुसाद) लाई सेवाग्राहीसँग रु.१३,०००/- (तेह्र हजार) घुस/रिसवत लिइसकेको अबस्थामा र वडासदस्य राम विश्वास मुखियालाई यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चौक, रौतहटबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको नागरिकताको प्रतिलिपि निकाल्नका लागि वडा कार्यालयबाट सिफारिस गराई दिने प्रयोजनार्थ जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नं. ३ का वडासदस्य राम विश्वास मुखियाले घुस/रिसवत माग गरी मध्यस्थकर्ता निरगुन पासवान (दुसात) लाई लिन पठाइ निज निरगुन पासवान (दुसात) ले घुस/रिसवत रु. १३,०००।- लिएको पुष्टि हुन आएकोले जनप्रतिनिधि राम विश्वास मुखियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कुसर गरेको देखिंदा निजलाई बिगो रु. १३,०००।– (तेह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, निरगुन पासवान (दुसात) ले निज राम विश्वास मुखियाले लगाए/अह्राएबमोजिम राष्ट्रसेवकलाई घुस/रिसवत उपलब्ध गराई दिने र आफूलेसमेत लिने उद्देश्यले सेवाग्राहीसँग घुस/रिसवत रकम बुझी लिई अपराधजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निज निरगुन पासवान (दुसात) लाई बिगो रु. १३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24