यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडासदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद)उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२४ गते ।
-------------------------------------------------

यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडासदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) ले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि सिफारिसको लागि सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज निरगुन पासवान (दुसाद) लाई सेवाग्राहीसँग रु.१३,०००/- (तेह्र हजार) घुस/रिसवत लिइसकेको अबस्थामा र वडासदस्य राम विश्वास मुखियालाई यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चौक, रौतहटबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको नागरिकताको प्रतिलिपि निकाल्नका लागि वडा कार्यालयबाट सिफारिस गराई दिने प्रयोजनार्थ जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नं. ३ का वडासदस्य राम विश्वास मुखियाले घुस/रिसवत माग गरी मध्यस्थकर्ता निरगुन पासवान (दुसात) लाई लिन पठाइ निज निरगुन पासवान (दुसात) ले घुस/रिसवत रु. १३,०००।- लिएको पुष्टि हुन आएकोले जनप्रतिनिधि राम विश्वास मुखियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कुसर गरेको देखिंदा निजलाई बिगो रु. १३,०००।– (तेह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, निरगुन पासवान (दुसात) ले निज राम विश्वास मुखियाले लगाए/अह्राएबमोजिम राष्ट्रसेवकलाई घुस/रिसवत उपलब्ध गराई दिने र आफूलेसमेत लिने उद्देश्यले सेवाग्राहीसँग घुस/रिसवत रकम बुझी लिई अपराधजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निज निरगुन पासवान (दुसात) लाई बिगो रु. १३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26