कृषि ज्ञान केन्द्र, झापाका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिर बहादुर श्रेष्ठ र कन्काई नहर जल उपभोक्ता संस्था शिवसताक्षी-५ झापाका सचिव नेत्रपती पोखरेल उपर बिगो रु. ३,८४,६५९।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२४ गते ।
-------------------------------------------------

झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरास्थित कन्काई नहर जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले कृषि ज्ञान केन्द्र, झापाबाट किसानको लागि वितरण गरेको भनिएको चैते धान विशेष सहयोग (प्रोत्साहन) कार्यक्रमको अनुदान रकम किसानलाई वितरण नगरी मृत व्यक्तिको नाम, काल्पनिक नाम राखी किर्ते भरपाई पेश गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कन्काई नहर जल उपभोक्ता संस्थाका सचिव नेत्रपती पोखरेलले लाभग्राहीहरुलाई रकम वितरण नै नगरेको अवस्थामा झुठ्ठा बिल भरपाई तयार गरी कृषि ज्ञान केन्द्र, झापामा पेश गरेको र कार्यालयका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिर बहादुर श्रेष्ठले लाभग्राहीहरुको तीनपुस्ते विवरण, नागरिकता र चैते धान खेती गरिएको जग्गा सम्बन्धी विवरण एकिन नगरी उक्त झुठ्ठा भरपाईको आधारमा कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिरफारिस गरेको र सो सिफारिसको आधारमा कृषि ज्ञान केन्द्र झापाले रु. २०,३१,०७०।– (बीस लाख एकतीस हजार सत्तरी रुपैयाँ) रकम भुक्तानी गरेकोमा १८ जना लाभग्राहीलाई भुक्तानी गरेकोमा घटी रकम रु. ५९,६३९।– र ५० जनाको झुठ्ठा विवरण उल्लेख गरी लाभग्राहीको काल्पनिक नाम राखी खाइमासेको रु. ३,२५,०२०।– गरी जम्मा रु. ३,८४,६५९।– (तीन लाख चौरासी हजार छ सय उनान्साठी रुपैंया) बराबरको सरकारी रकम वितरण नै नगरी हानिनोक्सानी पुर्‍याएको तथ्य पुष्टी हुन आएकोले सो कार्यमा संलग्नमध्ये कृषि ज्ञान केन्द्र झापाका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौ) खिर बहादुर श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा हानिनोक्सानी गरेको बिगो रु. ३,८४,६५९।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।

साथै, कन्काई नहर जल उपभोक्ता संस्था, शिवसताक्षी-५, झापाका सचिव नेत्रपती पोखरेलले कृषि ज्ञान केन्द्र झापाबाट कन्काई नहर जल उपभोक्ता संस्थालाई प्राप्त रकम पेश्की लिई खर्च गरेकोमा झुठ्ठा बिल भरपाई बनाई नेपाल सरकारलाई रु. ३,८४,६५९।– हानिनोक्सानी पुर्‍याएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरजन्य कार्य गरेकोले निज सचिव नेत्रपती पोखरेललाई बिगो रु. ३,८४,६५९।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानीको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22