कृषि ज्ञान केन्द्र, झापाका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिर बहादुर श्रेष्ठ र कन्काई नहर जल उपभोक्ता संस्था शिवसताक्षी-५ झापाका सचिव नेत्रपती पोखरेल उपर बिगो रु. ३,८४,६५९।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२४ गते ।
-------------------------------------------------

झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरास्थित कन्काई नहर जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले कृषि ज्ञान केन्द्र, झापाबाट किसानको लागि वितरण गरेको भनिएको चैते धान विशेष सहयोग (प्रोत्साहन) कार्यक्रमको अनुदान रकम किसानलाई वितरण नगरी मृत व्यक्तिको नाम, काल्पनिक नाम राखी किर्ते भरपाई पेश गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कन्काई नहर जल उपभोक्ता संस्थाका सचिव नेत्रपती पोखरेलले लाभग्राहीहरुलाई रकम वितरण नै नगरेको अवस्थामा झुठ्ठा बिल भरपाई तयार गरी कृषि ज्ञान केन्द्र, झापामा पेश गरेको र कार्यालयका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिर बहादुर श्रेष्ठले लाभग्राहीहरुको तीनपुस्ते विवरण, नागरिकता र चैते धान खेती गरिएको जग्गा सम्बन्धी विवरण एकिन नगरी उक्त झुठ्ठा भरपाईको आधारमा कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिरफारिस गरेको र सो सिफारिसको आधारमा कृषि ज्ञान केन्द्र झापाले रु. २०,३१,०७०।– (बीस लाख एकतीस हजार सत्तरी रुपैयाँ) रकम भुक्तानी गरेकोमा १८ जना लाभग्राहीलाई भुक्तानी गरेकोमा घटी रकम रु. ५९,६३९।– र ५० जनाको झुठ्ठा विवरण उल्लेख गरी लाभग्राहीको काल्पनिक नाम राखी खाइमासेको रु. ३,२५,०२०।– गरी जम्मा रु. ३,८४,६५९।– (तीन लाख चौरासी हजार छ सय उनान्साठी रुपैंया) बराबरको सरकारी रकम वितरण नै नगरी हानिनोक्सानी पुर्‍याएको तथ्य पुष्टी हुन आएकोले सो कार्यमा संलग्नमध्ये कृषि ज्ञान केन्द्र झापाका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौ) खिर बहादुर श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा हानिनोक्सानी गरेको बिगो रु. ३,८४,६५९।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।

साथै, कन्काई नहर जल उपभोक्ता संस्था, शिवसताक्षी-५, झापाका सचिव नेत्रपती पोखरेलले कृषि ज्ञान केन्द्र झापाबाट कन्काई नहर जल उपभोक्ता संस्थालाई प्राप्त रकम पेश्की लिई खर्च गरेकोमा झुठ्ठा बिल भरपाई बनाई नेपाल सरकारलाई रु. ३,८४,६५९।– हानिनोक्सानी पुर्‍याएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरजन्य कार्य गरेकोले निज सचिव नेत्रपती पोखरेललाई बिगो रु. ३,८४,६५९।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानीको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22