ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राम बालक रायउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२४ गते ।
-------------------------------------------------

ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राम बालक रायले निर्माण सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दु:ख दिएको हुँदा निजलाई आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी निरीक्षक राम बालक रायले सेवाग्राहीको सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दु:ख दिएर रु. १२,०००।– (बाह्र हजार) घुस/रिसवत माग गरी लिएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएकोले निज राम बालक रायलाई बिगो रु. १२,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन र घुस/रिसवत लिएको रकम ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29