पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत राम प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी राम प्रसाद भट्टराईसमेतको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री भानुभक्त आचार्य माध्यमिक विद्यालय गल्याङ स्याङजाबाट कक्षा-१० टेष्ट उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी पोखरा महानगरपालिकामा कार्यरत रही लाभ लिएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज राम प्रसाद भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11