श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका तत्कालीन प्रा.वि. शिक्षक श्री महन्जी साहउपर नक्कली अध्यापन अनुमति-पत्र सम्बन्धी आरोप पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

जिल्ला महोत्तरी, साविक धमौरा गा.वि.स. वडा नं. 3, हाल बलवा नगरपालिका वडा नं. ९, महोत्तरी घर भई श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका प्रा.वि. शिक्षक श्री महन्जी साहले नक्कली शिक्षक लाइसेन्स पेश गरी सेवा प्रवेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले शिक्षा सेवा आयोग, सानोठिमी, भक्तपुर मातहतको जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति-पत्र लिएको भनी झुठ्ठा तथा नक्कली स्थायी अध्यापन अनुमति-पत्र पेश गरी मिति २०६६।०६।१५ देखि प्रा.वि. शिक्षकको रुपमा काम गरी लाभ एवं सुविधासमेत लिएको देखिएकोले निजले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको हुँदा निज महन्जी साहलाई ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मिति २०७७।०३।२२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26