श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका तत्कालीन प्रा.वि. शिक्षक श्री महन्जी साहउपर नक्कली अध्यापन अनुमति-पत्र सम्बन्धी आरोप पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

जिल्ला महोत्तरी, साविक धमौरा गा.वि.स. वडा नं. 3, हाल बलवा नगरपालिका वडा नं. ९, महोत्तरी घर भई श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका प्रा.वि. शिक्षक श्री महन्जी साहले नक्कली शिक्षक लाइसेन्स पेश गरी सेवा प्रवेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले शिक्षा सेवा आयोग, सानोठिमी, भक्तपुर मातहतको जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति-पत्र लिएको भनी झुठ्ठा तथा नक्कली स्थायी अध्यापन अनुमति-पत्र पेश गरी मिति २०६६।०६।१५ देखि प्रा.वि. शिक्षकको रुपमा काम गरी लाभ एवं सुविधासमेत लिएको देखिएकोले निजले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको हुँदा निज महन्जी साहलाई ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मिति २०७७।०३।२२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24