जिल्ला ललितपुर, कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित ५ जनाउपर बिगो रु. १५,५७,९८२।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२२ गते ।
-------------------------------------------------
 
जिल्ला ललितपुर, कोन्ज्योसोम गाउँपालिका वडा नं.-५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी मा.वि. ललितपुरको निर्माण गर्दा पटक-पटक रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा विद्यालय भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलर, Tie Beam, र Plinth beam ढलान कार्यको Compressive Strength चेक गर्दा सम्झौतामा उल्लेख भएबमोजिमको Strength भन्दा न्यून पाइएकोले मुख्य निर्माण कार्य नै गुणस्तरहिन भएका कारण भवन निर्माणको लागि भुक्तानी भएको रु. १५,५७,९८२।– रकम हानिनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रुपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरु इन्जिनियर शिरोमणी ढकाल र सव-इन्जिनियर अशोक रोकायले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी उपभोक्ता समितिबाट भएको श्री बालेश्वरी मा.वि. कोन्ज्योसोम-५, भारदेउको विद्यालय भवनको गुणस्तरहीन निर्माणलाई निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम भएको भनी भुक्तानीको लागि सिरफारिस गरेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरु शिरोमणी ढकाल र अशोक रोकायलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. १५,५७,९८२।– कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुर उपर हुन मागदाबी लिइएको छ ।

साथै निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने श्री बालेश्वरी मा.वि. भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम-५ भारदेउ ललितपुरका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले उक्त उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. १५,५७,९८२।– कायम गरी सजाय हुन एवं ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24