राजदेवी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजदेवी रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार रजकसहित ६ जना उपर बिगो रु. १,१५,८७२।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२१ गते ।
-------------------------------------------------
 
राजदेवी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजदेवी रौतहटले गौरस्थित गिरधारी कुमार अग्रवालको पसलबाट रु. ४,००।– प्रतिथान मूल्य पर्ने कम्बललाई करिब रु. १,२००।– प्रतिथानमा खरिद गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा राजदेवी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, रौतहटबाट ४०८ (चारसय आठ) थान कम्बल खरिद गर्दा लागत अनुमान तयार र स्वीकृत नगरी न्यु बजरंग इम्पोरियम, गौर- १ रौतहटबाट कम्बल ल्याई वितरण गरी पछि कागजात मिलाउने क्रममा दररेट माग गरेको देखाई सम्बन्धित फर्मबाट खाली दररेट पेश गर्न लगाई दररेट उल्लेख नभएको अवस्थामै टिप्पणी उठाई फर्महरुमध्ये न्यु बजरंगी इम्पोरियम गौर-१ रौतहटले सबैभन्दा कम दररेट पेश गरेको भनी टिप्पणी स्वीकृत गरी न्यु बजरंग इम्पोरियमको बिल अनुसार निर्णयमा संलग्न गरी भुक्तानी गरेको पाइएकोले बदनियतपूर्वक मिलेमतो गरी बढी मूल्यका दरले ४०८ थान कम्बल खरिद गर्दा रु. १,१५,८७२।– (एक लाख पन्ध्र हजार आठसय बहत्तर) सरकारी रकम हानिनोक्सानी गर्ने कार्यमा संलग्न राजदेवी नगरपालिका, रौतहटका देहायका कर्मचारी एवं पदाधिकारीहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
देहाय
सि.नं. पद, नामथर, कार्यालय संलग्न खरिद कार्य बिगो रु. कसुर र मागदाबी
१ तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल प्रमुख प्रशासकीय अधिकृत कहटरिया नगरपालिका रौतहट  (रा.प. तृतीय) मनोज कुमार रजक कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट बढाई भुक्तानी दिन स्वीकृती दिएको रु.१,१५,८७२।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानीको बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
२ तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (ना.सु. रा.प.अनं. प्रथम) हाल घरेलु तथा साना उद्योग कार्यालय रौतहटका ना.सु. प्रमोद कुमार वर्मा कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट  स्वीकृत गरेको र दररेट बढाई भुक्तानी दिन पेश गरेको रु.१,१५,८७२।- ”                        ”
३  तत्कालीन लेखापाल (रा.प. अनं. प्रथम हाल सेवा निवृत वैधनाथ झा कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट  स्वीकृतिका लागि पेश गरेको  र दररेट बढाई भुक्तानीका लागि पेश गरेको रु.१,१५,८७२।- ”                        ”
४ लेखापाल (सहायकस्तर पाँचौ) रेणु यादव कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट बढाई स्वीकृत हुन पेश गरेको र भुक्तानी दिने निर्णय स्वीकृत भएपछि भुक्तानी दिएको रु.१,१५,८७२।- ”                        ”
५ न्यु बजरंग इम्पोरियम गौर-१, रौतहटका प्रोपाइटर गिरधारी कुमार अग्रवाल कम मुल्य पर्ने कम्बलको मिलेमतोमा दररेट बढाई निवेदन पेश गरेको तथा बढी मुल्यमा बिक्री गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याएको रु.१,१५,८७२।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानीको बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
६ राजदेवी नगरपालिका,  वडा नं. २ का वडा अध्यक्ष सनुप महतो कम मुल्य पर्ने कम्बलको दररेट बढाई खरिद गर्ने गराउने कार्यमा मतियारको रुपमा कार्य गरेको रु.१,१५,८७२।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुरको मतियार हुने कसुरमा ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24