कोहलपुर नगरपालिका वडा नं. २, बाँकेका कमल बहादुर शाहीउपर बिगो रु. ४,००,०००।– कायम गरी घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
वादी नेपाल सरकार प्रतिवादी तत्कालीन डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेत र डिभिजन वन कार्यालय वावियाचौर, सुर्खेतका कार्यालय प्रमुख डिभिजन वन अधिकृत भक्त बहादुर लामा भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई वादी पक्षका साक्षीका रुपमा पेश गरिएका निवेदक कमल बहादुर शाहीले वकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, भेरी वाबियाचौर र डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन कार्यालय प्रमुख भक्त बहादुर लामाले काठ/दाउराको छोडपुर्जीको म्यादथप गरिदिने प्रयोजनको लागि रु.४,००,०००।– (चार लाख) घुस रिसवत रकम माग गरेको हुँदा कारवाही गरीपाउँ भनी कमल बहादुर शाहीले दिएको लिखित उजुरी निवेदन, निजले गरेको कागजसमेतको आधारमा अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिने गरी आरोप-पत्र दायर गरिएकोमा अदालतमा प्रतिकूल वकपत्र गरी असहयोग गरेको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (३) द्वारा परिभाषित कसुर अपराध गरेको देखिंदा निज कमल बहादुर शाहीलाई बिगो रु. ४,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24