जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नं. ६ का डोर बहादुर कार्कीउपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
सरकारी साक्षीको रुपमा बकपत्रको लागि विशेष अदालत काठमाडौंमा उपस्थित भएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नं. ६ का डोर बहादुर कार्कीले आफैले आयोगमा उजुरी दिई वादी नेपाल सरकार प्रतिवादी केदार गिरीसमेतको सम्मानित विशेष अदालतमा दायर भएको मुद्दामा सरकारी साक्षीको रुपमा अदालतमा बकपत्र गर्दा प्रतिकुल बकपत्र गरेको प्रतिवेदनउपर अनुसन्धान हुँदा सिद्धार्थ मा.वि. कुशुम्हाका प्र.अ. लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले नवलपरासी जिल्ला अन्तर्गत पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ स्थित श्री सिद्धार्थ मा.वि. कुशुम्हाबाट श्री राजा महात्मा पूर्णभद्र मा.वि. बर्दघाट-९ पञ्चनगर नवलपरासीमा सरुवा भई आउने क्रममा सरुवा सहमति र रमानापत्र दिने प्रयोजनका लागि डोर बहादुर कार्कीसँग रु. ६५,०००।– घुस/रिसवत माग भएको भनी निज डोर बहादुर कार्कीले आयोगमा उजुरी दिई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजउपर मुद्दा नचलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरिएकोमा निजले सम्मानित विशेष अदालतमा वकपत्र गर्दा झुठ्ठा एवं कपोलकल्पित व्यहोरा लेखाई निवेदन दिई अनुसन्धानका क्रममा गरेको सहयोग प्रतिकूल हुने गरी बकपत्र गरेको देखिएबाट निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधान बमोजिम पुन: मुद्दा दायर गर्नुपर्ने देखिएको हुँदा निज डोर बहादुर कार्कीले आरोपिहरुलाई सजायबाट बचाउने उद्देश्यले विपरीत (झुठ्ठा) वकपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ६५,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भए बमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24